IME Life New

नेपाल एयरलाइन्सले खाडी मुलुकमा विशेष उडान भर्ने, चैत्र २१ देखि २३ सम्मको तालिका सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्य पूर्व तथा खाडी मुलुकमा बढ्दो तनाव र सुरक्षा चुनौतीका कारण अवरुद्ध हवाई सेवालाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले खाडी क्षेत्रमा विशेष उडान सञ्चालन गर्ने भएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालको विशेष पहलमा आगामी अप्रिल ३ देखि ५ (तदनुसार चैत २१ देखि २३ गते) सम्म दुबई र दमामका लागि यी उडानहरू हुन लागेका हुन्।  फागुन १६ (फेब्रुअरी २८) देखि मध्यपूर्व र खाडीको सुरक्षा परिस्थितिका कारण ती क्षेत्रमा नियमित उडानहरू स्थगित थिए।

Esewa
Crest

चैत १८ गते परराष्ट्र मन्त्रालयमा मन्त्री खनालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले नेपाली नागरिकहरूको यात्रा सहज बनाउन र अत्यावश्यक हवाई सम्पर्क कायम राख्न यो निर्णय लिएको हो।

मिति उडान नम्बर सेक्टर (Sector) समय (स्थानीय)
०३ अप्रिल २०२६ RA 229 काठमाडौँ – दुबई २३:१५
०४ अप्रिल २०२६ RA 230 दुबई – काठमाडौँ ०४:१०
०५ अप्रिल २०२६ RA 241 काठमाडौँ – दमाम ०८:३०
०५ अप्रिल २०२६ RA 242 दमाम – काठमाडौँ १२:२०

 

परराष्ट्र मन्त्रालयले नेपाली नागरिकको हित र सुरक्षाका लागि सम्बन्धित सबै निकायहरूसँग निरन्तर समन्वय गरिने प्रतिबद्धता समेत मन्त्रालयले जनाएको छ।

यसैबीच, गत चैत १९ (अप्रिल १) मा कुवेत एयरवेजको उडानमार्फत २९१ जना नेपाली नागरिक भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका छन्। सोही उडानबाट कुवेतमा विभिन्न प्राकृतिक कारणले ज्यान गुमाएका ९ जना नेपालीको पार्थिव शरीर समेत नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS