IME Life New

नेपाल एयरलाइन्सले भोलि उद्धार उडान गर्ने, प्राथमिकतामा अशक्त, वृद्धवृद्धा, बिरामी र अत्यावश्यक यात्रु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भोल असोज २० गते उद्धार उडान गर्ने भएको छ।

नेपाल एयरलायन्सले ए३२० विमानबाट काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको हो। उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ।

Esewa
Crest

देशमा बाढी र पहिरोका कारण विषम परिस्थितिलाई ध्यानमा राखेर नेपाल र नेपालीको राष्ट्रिय ध्वजावाहकको नाताले तथा नेपाल सरकारको विशेष निर्देशन तथा निगमका कार्यकारी अध्यक्षको सक्रियतामा यो उद्धार उडान गर्न लागिएको कम्पनीले जनाएको छ।

उडानमा यात्रा गर्न चाहने यात्रुले अनलाइन प्रणाली, निगमको कार्यालय वा आधिकारिक एजेन्सीमार्फत आफ्नो सिट सुनिश्चित गर्न पनि एयरलाइन्सले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS