IME Life New

नेपाल एयरलाइन्सले रद्द गर्यो बुधबार र बिहीबारको दमाम र दोहा उडान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा बुधबार र बिहीबार निर्धारित उडान रद्द गरेको छ।

नेपाल एयरलाइन्सले एक सूचना जारी उडान रद्द गरिएको बारेमा जानकारी दिएको हो। निर्धारित तालिकाअनुसार बुधबार काठमाडौं–दोहा र काठमाडौं दमाम तथा बिहीबार दोहा–काठमाडौं र दमाम–काठमाडौं उडान हुने भनिएको थियो।

Esewa
Crest

नेपाल एयरलाइन्सले दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउनसमेत सूचित गरेको छ।

थप जानकारीका लागि नेपाल एयरलाइन्सको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा नियमित रुपमा अवलोकन गर्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS