IME Life New

अन्डरराइटिङमा लापरबाहीले जीवन बीमाबाट ह्वात्तै बढ्यो शंकास्पद कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्टिलिजेन्स युनिट (एफआईयू नेपाल)को प्रतिवेदनअनुसार पछिल्लो एक वर्षको अवधिमा जीवन बीमकबाट प्राप्त शंकास्पद कारोबार रकमसम्बन्धी रिपोर्टिङ उल्लेख्य बढेको छ।

अघिल्लो वर्ष २०२३ मा जीवन बीमा कम्पनीबाट ३ करोड ५८ लाख रुपैयाँबराबरको शंकास्पद कारोबारको विवरण प्राप्त भएकोमा वर्ष २०२४ मा यस्तो रकम बढेर १५ करोड ४३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा शंकास्पद कारोबार रकम ३३० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

जीवन बीमकबीच बढ्दो प्रतिस्पर्धासँगै स्रोत नखुलेको रकम बीमाशुल्कका रुपमा स्वीकार्ने प्रवृत्ति बढेसँगै शंकास्पद कारोबार बढेको बताइएको छ। जीवन बीमकका अनुसार स्रोत नखुलेको भन्दै एउटाले अस्वीकृत गरिदिएको सम्पत्ति शुद्धीकरणका हिसाबले उच्च जोखिमयुक्त प्रस्ताव अर्को बीमकले बेफिक्री भएर स्वीकारेको हुन्छ।

‘सम्पत्ति शुद्धीकरणमा मुद्दा खेप्नु पर्ने डरले पूर्ण सावधानीका साथ अन्डरराइटिङ गरौँ भन्ने सबैलाई निर्देशन छ’, एकजना अन्डरराइटिङ विभाग प्रमुखले गुनासो मिश्रित शब्दमा भने, ‘हामीले हुन्न भनेर रिजेक्ट गरेको प्रस्ताव अर्कोले फ्याट्टै स्वीकारिदिएको हुन्छ।’ उनका अनुसार बैंक खाताबाट नभएर नगदै बोकेर आएका ठूलो बीमांकको प्रस्ताव पनि केही जीवन बीमकले सहजै स्वीकारिरहेका छन्।

वित्तीय क्षेत्रमा कमजोर नियमनका कारण सम्पत्ति शुद्धीकरणको जोखिम बढेको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ‘ग्रे लिस्ट’मा समावेश गरेका बेला केही जीवन बीमकको फाइनान्सियल अन्डरराइटिङमा लापरबाहीले समग्र बीमा क्षेत्र नै बदनामीको छायाँमा पर्ने जोखिम छ।

जीवन बीमा कम्पनीले एक लाख रुपैयाँ वा सोभन्दा बढी रकम बैंक कारोबार, डिजिटल भुक्तानी वा चेकमार्फत मात्र स्वीकार्नुपर्ने प्रावधान छ। यस्तो प्रावधानका बाबजुद अधिकांश जीवन बीमकले बीमकको कर्मचारी स्वयं वा अभिकर्ता वा नातामै समेत नपर्ने वा बीमायोग्य हित नै नदेखिने व्यक्ति वा स्रोतबाट भुक्तानी प्राप्त गरेको प्रशस्त प्रमाण प्राधिकरणले फेला पारेको छ।

जीवन बीमकले एक लाख रुपैयाँभन्दा माथि बीमाशुल्क भुक्तानी हुने गरी एकल बीमाशुल्कमार्फत स्वीकार्ने सबैखाले प्रस्ताव शंकास्पदको सूचीमा समावेश हुन्छ।

प्रतिवेदन अनुसार जीवन बीमकको शंकास्पद कारोबार रिपोर्टिङमा रकमको आकार बढे पनि निर्जीवन बीमकको रिपोर्टिङमा शंकास्पद कारोबार रकम भने घटेको छ। अघिल्लो वर्ष २०२३ मा निर्जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँबराबरको शंकास्पद कारोबार भएको विवरण एफआईयूलाई पठाएको वर्ष २०२४ मा यस्तो रकम घटेर ३ लाख रुपैयाँमा झरेको छ।

सन् २०२४ मा जीवन बीमा कम्पनीबाट ८२ वटा र निर्जीवन बीमा कम्पनीबाट ७ वटा प्राप्त शंकास्पद कारोबारको विवरण प्राप्त भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS