IME Life New

नेको इन्स्योरेन्सको लिलामी शेयर उठाउने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको नेको इन्स्योरेन्सको सवा २ लाख बढी कित्ता शेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज वैशाख २१ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत वैशाख १२ गतेबाट कुल २ लाख २५ हजार २६१.३५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो । यो शेयरमा आज बैंकिङ समयसम्म खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।

Esewa
Crest

कम्पनीले हालै आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री हुन नसकेको सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.३५ कित्ता र संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता शेयर बिक्रीमा राखिएको हो।

लगानीकर्ताले शेयर खरिका लागि बोलपत्र पेस गर्दा संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले शेयर खरिदका लागि धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालय र शाखा कार्यालय विराटनगरका साथै नेको इन्स्योरेन्स शाखाहरु बिर्तामोड, वीरगन्ज, जनकपुर, भरतपुर, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगरमा पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS