IME Life New

वित्तीय सबलताका कारण नेको इन्स्योरेन्सको ‘इस्युअर रेटिङ’ ले पायो निरन्तरता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक, नेको इन्स्योरेन्सले शेयर जारीकर्ता बीमकको रूपमा साबिकको रेटिङमा पुनः समर्थन पाएको छ। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले इस्युअर रेटिङका लागि नेको इन्स्योरेन्सको साबिकको आइआरएन ए प्लस(IRN A+ IR) निरन्तरता दिएको हो।

इन्फोमेरिक्सका अनुसार यस्तो रेटिङ प्राप्त बीमकले तोकिएको समयमै वित्तीय दायीत्व पुरा गर्ने पर्याप्त प्रत्याभूति रहेको हुन्छ। साथै ऋणसँग सम्बन्धित दायीत्वमा पनि निक्कै न्यून जोखिम निहित रहेको हुन्छ। नेको इन्स्योरेन्सले कुल बीमाशुल्क आर्जनमा गत आर्थिक वर्ष २०८०।८१ मा ७.५ प्रतिशतको वृद्धि दर हासिल गरेको छ। साथै पुरानामध्ये ५७ प्रतिशत ग्राहकको बीमालाई यसले नविकरणमार्फत निरन्तरता दिन सफल भएको छ।

Esewa
Crest

इन्फोमेरिक्सले सबल रेटिङका पछाडी इन्स्योरेन्सको सुदृढ दाबी अनुपात पनि एउटा कारक रहेको उल्लेख गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा ४९ प्रतिशत दाबी अनुपात रहेकोमा गत आवमा यो ४३ प्रतिशतमा सीमित रहेको थियो । महाविपत्ती पुनर्बीमा प्रबन्ध, विवेकशिल दाबी व्यवस्थापन र घट्दो दाबी अनुपातले यसको अण्डरराइटिङ सरप्लस(जोखिमाङ्कन बचत) ८० लाख रूपैयाँ रह्यो। बीमाङ्कीले भूकम्पीय जोखिमवापतको जगेडा सम्बन्धि अतिरिक्त जगेडाको व्यवस्था गर्न लगाए पनि बचत उल्लेख्य रहेको इन्फोमेरिक्सले विज्ञप्तीमा उल्लेख गरेको छ।

नेको इन्स्योरेन्सको सबल पक्षका रूपमा लगानी विविधतालाई पनि इन्फोमेरिक्सले समेटेको छ। यसको लगानी एक वर्षको अवधिमा २४ प्रतिशतले वृद्धि भएर गत आवमा ६ अर्ब ३० करोड रूपैयाँ कायम रहेको थियो । सोल्भेन्सी अनुपातको अवस्था पनि अघिल्लो आव ३.३२ बाट गत आवमा ३.८४ पुगेको छ।

निर्जीवन बीमा बजारमा जम्मा ८ प्रतिशत हिस्सा ओगटेको नेको इन्स्योरेन्सको व्यवसाय निर्भरतालाई इन्फोमेरिक्स नेपालले चुनौतीका रूपमा उल्लेख गरेको छ। यसको खुद बीमाशुल्कमध्ये ५० प्रतिशत हिस्सा मोटर बीमाले ओगटेको छ। यसैगरी सम्पत्ती बीमाले ३७ प्रतिशत हिस्सा ओगटेको छ। लघु बीमा र हवाइ बीमा १ प्रतिशत, इन्जिनियरिङ बीमा ३ प्रतिशत र सामुद्रिक बीमाको योगदान ४ प्रतिशत मात्र छ।

नेको इन्स्योरेन्सको नगद तरलता स्थिति मोटर बीमा र सम्पत्ती बीमावापतको बीमाशुल्क आम्दानीमा निर्भर रहेको छ। यसले आफ्ना पुराना ग्राहकमध्ये मोटर बीमामा ७० देखि ८० प्रतिशत र सम्पत्ती बीमामा ५० देखि ६० प्रतिशतको बीमा नविकरणलाइ निरन्तरता दिंदै आएको छ। ६ प्रतिशत कमिशन दर रहेको मोटर बीमाको दाबी अनुपात ६० प्रतिशत छ। नियामकीय प्रावधानमा आउन सक्ने परिवर्तन र व्यवसायीक निर्भरतालाई पनि इन्फोमेरिक्स नेपालले कमजोरी र चुनौतीका रूपमा औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS