IME Life New

नेको इन्स्योरेन्सः कुल व्यापार रु. २.१२ अर्ब माथि, ४५%ले बढ्यो बीमा कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा १६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५५.६१ प्रतिशतले घटेको छ।

Esewa
Crest

चुक्तापुँजी २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा शेयर प्रिमियममा ११ करोड १७ लाख रुपैयाँ, स्पेसल रिर्जभमा २ अर्ब ३४ करोड ४६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १७ करोड २ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३७ करोड रुपैयाँ र अन्य इक्विटीमा ४१ करोड ६२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको शेयर प्रिमियममा ११ करोड १७ लाख रुपैयाँ, स्पेसल रिर्जभमा २ अर्ब ३१ करोड ३६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ७१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७६ करोड ७७ लाख रुपैयाँ र अन्य इक्विटीमा ४३ करोड ४२ लाख रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको बीमा कोषमा ५ अर्ब १३ करोड ६७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमा कोषमा ३ अर्ब ५३ करोड ९१ लाख रुपैयाँ रहेको थियो। बीमा कोषको आकार ४५.१४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब १२ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको चैतसम्म कम्पनीले २ अर्ब १६ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क १.६४ प्रतिशतले घटेको छ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २२ करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १ अर्ब २२ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ०.०७ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १७.७४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २४.४७ रुपैयाँ थियो। पीई रेसियो ३६.०७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२३.११ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS