IME Life New

एनएमबि बैंकको झन्डै ६ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले झन्डै ६ लाख कित्ता शेयर बिक्रीमा राखेको छ।

बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा संस्थापकबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्। लगानीकर्ताले सम्पूर्ण कित्ताका लागि खरिद दिनुपर्नेछ।

Esewa
Crest

यसअघि ३५ दिने सूचना जारी गरी यो शेयर बैंकका संस्थापक शेयरधनीहरुका लागि राखिएको थियो। तर, संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको छ।

अब इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS