IME Life New

बोइङका करिब ३२०० कर्मचारी हड्तालमा, कारखानाहरुमा काम ठप्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बोइङ कम्पनीका करिब ३ हजार २०० कर्मचारी हड्तालमा छन्। यी कर्मचारीले बोइङमा लडाकु विमान र अन्य उड्डयन उपकरण बनाउँछन् र मर्मत गर्छन्। हडतालका कारण कारखानाहरुमा काम ठप्प भएको छ।

श्रम सम्झौतामा सहमति नभएका कारण कर्मचारीहरु हड्तालमा उत्रिएका छन्। कर्मचारीहरुले सुरक्षाका लागि विमान र रक्षा प्रणालीलाई महत्वपूर्ण ठान्ने बताएका छन्। उनीहरु आफ्नो परिवारको आर्थिक सुरक्षा सुनिश्चित गर्ने र उनीहरुको विशेषज्ञताको सम्मान गर्ने सम्झौताको हकदार छन्। हड्ताल आइतबार रातिबाट सुरु भएको हो।

Esewa
Crest

कम्पनीसँग ७ हजार लडाकु विमानको अर्डर छ। जुन २ वर्षमा डेलिभर गर्नुपर्छ।

बोइङले कर्मचारीलाई ४ वर्षमा २० प्रतिशत तलब वृद्धिको प्रस्ताव गरेको थियो। यसले चिकित्सा, पेन्सन र ओभरटाइमजस्ता सुविधामा सुधार गर्ने वाचा पनि गरेको थियो। तर, कर्मचारीहरुले यसलाई अपर्याप्त ठाने र कम्पनीले दिएको यो प्रस्तावलाई अस्वीकार गरे।

एक हप्ताको ‘कुलिङ–अफ’ अवधिपछि बोइङले संशोधित प्रस्ताव प्रस्तुत गर्यो। यसमा औसत ४० प्रतिशत तलब वृद्धि र वैकल्पिक कार्यतालिकाजस्ता मुद्दाहरुलाई ध्यानमा राखिएको थियो। कर्मचारीहरुले यसलाई पनि अस्वीकार गरे।

यदि हडताल लामो समयसम्म जारी रह्यो भने बोइङको लडाकु विमान र रक्षा प्रणालीको उत्पादन र डेलिभरीमा ढिलाइ हुन सक्छ। यसले कम्पनीको आर्थिक स्थितिलाई असर गर्न सक्छ।

सन् २०२४ मा ३३ हजार बोइङ कर्मचारीले सियाटलमा ७ हप्तासम्म हड्ताल गरेका थिए। त्यसपछि उनीहरुले ३८ प्रतिशत तलब वृद्धिको सम्झौता स्वीकार गरे।

यसबाहेक सनु् १९९६ मा सेन्ट लुइसमा ९९ दिनको हड्ताल भएको थियो।

हाल कर्मचारी संघ र बोइङबीचको वार्ता अवरुद्ध छ। कर्मचारीहरु आफ्ना मागमा अडिग छन्। जब कि बोइङले हड्ताल नगर्ने कर्मचारीहरुसँग काम जारी राख्ने जनाएको छ। यदि कुनै नयाँ सम्झौता भएन भने हड्ताल लामो समयसम्म रहन सक्छ।

बोइङ एक अमेरिकी कम्पनी हो। जसले हवाईजहाज, रक्षा र अन्तरिक्षसँग सम्बन्धित चिजहरु उत्पादन गर्दछ। सन् १९१६ मा सुरु भएको यो कम्पनी विश्वको सबैभन्दा ठूलो एयरोस्पेस कम्पनीहरुमध्ये एक हो। यसको लोकप्रिय उत्पादनहरुमा ७३७, ७४७, ७८७ जस्ता व्यावसायिक विमान, लडाकु विमान, उपग्रह र मिसाइल प्रणालीहरु समावेश छन्। यसको मुख्यालय सिकागोमा छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS