IME Life New

तीन महिनामा लघुवित्त क्षेत्रमा घटे करिब १०० कर्मचारी, कसको घट्यो/बढ्यो ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तीन महिनाको अवधिमा लघुवित्त क्षेत्रबाट करिब १०० कर्मचारी घटेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्त र चैत मसान्तको तथ्यांकलाई दाँजेर हेर्दा लघुवित्त क्षेत्रमा ९४ कर्मचारी कम देखिएका हुन्। पुस मसान्तसम्म नेपालमा सञ्चालित ५२ लघुवित्त वित्तीय संस्थामा २१ हजार ६०० कर्मचारी रहेकोमा चैत मसान्तमा घटेर २१ हजार ५०६ कर्मचारी रहेको तथ्यांक देखिएको छ।

Esewa
Crest

तीन महिनाको अवधिमा नेसनल माइक्रोफाइनान्समा सर्वाधिक ५९ कर्मचारी थपिएका छन्। यो संस्थामा पुस मसान्तमा ८११ कर्मचारी रहेकोमा चैत मसान्तसम्म आइपुग्दा कर्मचारी संख्या बढेर ८७० पुगेको छ।

त्यस्तै दोस्रो धेरै सीवाईसी नेपाल लघुवित्तमा ३५ कर्मचारी थपिएका छन्।

कर्मचारी संख्या घट्नेमा निर्धन उत्तथान लघुवित्त अगाडि रहेको छ। ती महिनाको अवधिमा निर्धन उत्थान लघुवित्तमा ५६ कर्मचारी कम भएका छन्। पुस मसान्तमा १ हजार ११६ कर्मचारी संख्या रहेकोमा चैत मसान्तमा आउँदा कर्मचारी संख्या १ हजार ६० पुगेको छ।

त्यस्तै दोस्रो धेरै एनआईसी एसिया लघुवित्तमा १ हजार १९ कर्मचारी रहेकोमा ३ महिनाको अवधिमा ३२ कर्मचारी घटेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS