IME Life New

प्राधिकरणले उजुरीको छिटो टुङ्गो लगाउन पार्ट टाइमर जनशक्ति थप्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

दकाठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकविरूद्धको उजुरीको छिटो टुङ्गो लगाउन आंशिक(पार्ट टाइमर) जनशक्ति थप्ने भएको छ।

प्राधिकरणले थप दरबन्दी सिर्जना गर्न समय लाग्ने भएकाले तत्कालको आवश्यक्तापूर्ती गर्न कार्यालयभित्रैबाट कानून विषयमा स्नातक उपाधि हासिल गरेका कर्मचारीलाई आंशिक जनशक्तिका रूपमा खटाउने तयारी गरेको हो।

Esewa
Crest

प्राधिकरणका अनुसार एलएलबी उतीर्ण जुनसुकै सेवा समूहका कर्मचारीहरू कार्यालय समय भन्दा बाहिर अतिरिक्त समय काम गर्न इच्छुक कर्मचारीसँग निवेदन माग गरिएको छ। कामको जिम्मा लगाइने कर्मचारीलाई अतिरिक्त सयम काम गरेवापत प्राधिकरणले भत्ता उपलब्ध गराउनेछ।

प्राधिकरणको अध्यक्ष सेवन्तक पोखरेल भंसार नाका र भंसार विभागमा लामो समयदेखि कार्य गरेकाले अतिरिक्त समय काम गरेवापत भन्सार कर्मचारीले प्राप्त गर्ने सुविधा जस्तै प्राधिकरणमा पनि सोही अभ्यास शुरू गर्न थालेको देखिन्छ।

प्राधिकरणको उजुरी तथा गुनासो सुनुवाई शाखामा हाल उपनिर्देशक रञ्जिता केसी, सहायक निर्देशक निखिल डंगोल, सहायक प्रथमद्वय प्रभास निराैला र आकृति दाहाल कार्यरत छन्। सम्बन्धित विषयको विद्यार्थीका रूपमा जम्मा दुईजनाको भरमा उजुरी शाखा धानिएको छ।

सीमित जनशक्तिका कारण पुराना मुद्दाको छिटो छरितो फैसला हुन नसक्दा नयाँ उजुरी समेत थपिएर प्राधिकरणमा मुद्दाको चाङ बढेको हो।

बीमा नियमावली २०८१ को दफा ९५ मा प्राधिकरणले उजुरी दर्ता भएको ६ महिनाभित्र निर्णय गरिसक्नुपर्ने प्रावधान छ। यो प्रावधानका कारण अब प्राधिकरणले कुनै पनि बहानामा उजुरीमाथिको अनुसन्धान, सुनुवाइ र फैसलाको काममा ढिलासुस्ती गर्न नसक्ने भएको छ।

सामान्य देखि जटिल किसिमका विवादको सुक्ष्म अध्ययन गरेर टुङ्गो लगाउनुपर्ने भएकाले कानून शाखाका कर्मचारीले अपेक्षा गरिए अनुरूप द्रूत गतीमा फाइल अध्ययन र मुद्दा लेखन तथा फैसलाका लागि सञ्चालक समिति समक्ष राय सहितको प्रतिवेदन पेश गर्न सकेका छैनन् ।

प्राधिकरणले प्रकाशन गरेको मासिक तथ्यांक अनुसार, पुराना समेत कुल ४९९ वटा मुद्दा विचाराधिन रहेकामा जेठ मसान्तसम्ममा ११३ वटा फर्छ्याैट गरिएको छ। अझै ३८६ वटा मुद्दाको फैसला हुन बाँकी छ।

आर्थिक वर्ष २०८०।८१ मा अघिल्लो वर्षबाट १९२ वटा मुद्दा सरेर आएकोमा आर्थिक वर्ष २०८१।८२ मा २८७ वटा पुराना मुद्दा सारेर ल्याइएको थियो। यो अवधिमा प्राधिकरणले केन्द्रिय कार्यालयमा १३२ वटा र प्रदेश कार्यालयमा ७ वटा समेत जम्मा १३९ वटा नयाँ उजुरी दर्ता गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS