IME Life New

स्वदेशी डाटा सेण्टर निर्माणका लागि प्राधिकरण र योजना आयोगबीच सम्झाैता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूचना प्रविधिको विकासका लागि नेपाल सरकारको महत्वकांक्षी योजनाका रूपमा अघि सारिएको स्वाधिक एआइ डाटा सेण्टर निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र राष्ट्रिय योजना आयोगबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत नेपाल विद्युत प्राधिकरणको सहायक संस्था नेपाल डिजिटल इन्फ्रास्ट्रक्चर कम्पनी लिमिटेडमार्फत् डाटा सेण्टर निर्माण सम्बन्धमा समझदारी पत्र आदान प्रदान भएको छ।

Esewa
Crest

राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुदन झा र उर्जा मन्त्री विराजभक्त श्रेष्ठले समझदारी पत्र आदान प्रदान गरेका हुन् । मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत्र समझदारी पत्र हस्ताक्षरको आदान प्रदानको तस्वीर सार्वजनिक गर्दै अब नेपाली नागरिकहरूको संवेदनशील डाटा नेपालमै सुरक्षित राख्ने उद्देश्यसहित आफ्नै स्वाधिक डाटा सेण्टर निर्माणको अवधारणा अघि बढाइएको जानकारी दिएका छन्। उनले लेखेका छन् , यो केवल प्रविधि पूर्वाधारको विकास होइन, भविष्यको डिजिटल नेपाल निर्माणतर्फको महत्वपूर्ण कदम हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS