IME Life New

कृषी बीमालेख जारी गर्ने सफ्टवेयर प्रणालीमा प्राधिकरणको अपुरो नियन्त्रण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाली तथा पशुधन बीमालेख जारी गर्ने सफ्टवेयरमा आफ्नो पूर्ण नियन्त्रण र स्वामित्व सुनिश्चित गर्न नसकेको भन्दै महालेखा परिक्षकको कार्यालयले चिन्ता व्यक्त गरेकोछ।

महालेखा परिक्षकले आफ्नो वार्षिक प्रतिवेदमा लेखेको छ, बाली तथा पशुधन बीमा कार्यक्रमलाई पारदर्शी, व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन वास्तविक समयमा आधारित सफ्टवेयर सञ्चालन गरिएकोमा सोर्सकोड र डाटाबेसमाथि बीमा प्राधिकरणको स्वामित्व छैन।

Esewa
Crest

यसैगरी महालेखाले सफ्टवेयर प्रणाली अध्यावधिक तथा मर्मतका लागि सेवा प्रदायकमा अत्यधिक निर्भरता आन्तरिक प्राविधिक जनशक्तिको अभाव र सफ्टवेयर पाइलट परिक्षणमा सीमित रहेकोले प्रणालीको विश्वसनीयता, प्रयोगकर्ताबाट स्वीकार्यता र व्यापक परिक्षण कार्य पुरा भएको नभएको भन्दै प्राधिकरणको कमजोरी औंल्याएको छ।

यो पोर्टल प्रणाली पूर्ण प्राविधिक र प्रयोगकर्ता मैत्री नभएकाले  ग्रामीण क्षेत्रहरूमा इन्टरनेटको पहुुँच र डिजिटल साक्षरताको कमीले गर्दा सफ्टवेयर प्रयोग गर्न किसानहरूलाई कठिनाई भइरहेको छ। सफ्टवेयरहरूको प्रयोग गर्न अभ्यस्त हुनेहरूका लागि समेत बीमा पोर्टलमा बीमित किसानको रूपमा बीमालेख प्रस्तावका लागि आवश्यक सम्पूर्ण फारम भर्न अपेक्षाकृत सहज छैन।

महालेखाले प्राधिकरणलाई सुझाव दिंदै लेखेको छ, प्राधिकरणले रियल टाइम सफ्टवेयरको सोर्सकोड, डाटाबेसमाथि पूर्ण स्वामित्व र आवश्यक्तका अनुसार परिमार्जन गर्न सकिने व्यवस्था लागू गर्दै अघिल्ला वर्षहरूमा जारी बीमालेख तथा बीमा दाबीको विवरण समेत सफ्टवेयरमा अद्यावधिक गर्दै लैजानुपर्छ।

महालेखाले सफ्टवेयरको प्रभावकारी प्रयोग र लाभ बिस्तारका लागि ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच र डिजिटल साक्षरता बढाउँदै पर्याप्त र दक्ष प्राविधिक जनशक्तिको व्यवस्थापन तथा नियमित तालिम र  क्षमता विकासका कार्यक्रम सञ्चालन सञ्चालन सुनिश्चित गरिनुपर्ने राय दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS