IME Life New

हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबीलाई यथाशक्य छिटो फछ्र्यौट गर्न प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले चैत १५ गते भएको हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षति र असहजतालाई ध्यानमा राखी त्यसबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न आज सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।

Esewa
Crest

यसैगरी, काठमाडौं उपत्यकामा चैत १५ गते भएको हुलदङ्गाका कारणले भएका क्षतिको विवरण एक्सेल स्प्रिडसीट ढाँचामा प्राधिकरणले दिएको गुगल फर्मको लिङ्क मार्फत साप्ताहिकरूपमा प्रत्येक हप्ताको बुधबार प्राधिकरणमा पेश गर्न पनि सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS