IME Life New

बीमकका कार्यालयमा प्राधिकरणको ४८ पटक स्थलगत निरीक्षण, निर्जीवन बीमकमा बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्थलगत र गैरस्थल सुपरिवेक्षण गर्दै आएको नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८१।८२ को असार १५ गतेसम्म ४८ वटा स्थलगत निरीक्षण गरेको छ।

बीमा क्षेत्रको नियमनको जिम्मेवारी बोकेको बीमा प्राधिकरणले जोखिमका आधारमा बीमकहरुमा स्थलगत निरीक्षण गरेको हो। तथ्यांकअनुसार असार १५ गतेसम्म प्राधिकरणले जीवन बीमकमा १५, निर्जीवन बीमक २७, पुनर्बीमकमा २ र लघु जीवन बीमकमा ४ पटक गरी कुल ४८ पटक स्थलगत निरीक्षण गरेको छ।

Esewa
Crest

प्राधिकरणका अनुसार जीवन बीमकमा ५, निर्जीवन बीमकमा ४, पुनर्बीमकमा २ र लघु जीवन बीमकमा १ कुल १२ वटा आकस्मिक निरीक्षण गरेको छ। प्राधिकरणका अनुसार बीमकले पेस गरेका आवधिक प्रतिवेदन, नियमित कारोबार विवरणका साथै सेवाग्राही वा अन्य नियमनकारी निकायबाट प्राप्त उजुरीका सम्बन्धमा छानबिन आवश्यक देखिएको अवस्थामा बीमकको कार्यालयमा आकस्मिक निरीक्षण गरिएको हो।

यसैगरी असार १५ गतेसम्म प्राधिकरणले जीवन बीमक ४, निर्जीवन बीमकमा २३ र लघु जीवन बीमकमा ३ पटक गरी ३० पटक नियमित निरीक्षण गरेको छ।

चालु आर्थिक वर्षको असार १५ गतेसम्म प्राधिकरणले जीवन बीमकमा ६ पटक सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निरीक्षण गरेको छ। बीमकको कारोबारमा देखिएको जोखिम, कमजोर आन्तरिक नियन्त्रण प्रणाली, सम्पत्ति शुद्धीकरण र उजुरीको छानबिनका उद्देश्यले निरीक्षण गरिएको प्राधिकरणले जनाएको छ।

स्थलगत निरीक्षण्पछि कैफियत देखिएका विषयमा पहिलो चरणमा प्राधिकरणले बीमकसँग लिखित स्पष्टीकरण माग्ने गरेको छ। सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील विषयमा बीमकको सम्बन्धित विभाग प्रमुख र प्रमुख कार्यकारी अधिकृतसमेतलाई कार्यालयमै डाकेर लिखित वा मौखिक स्पष्टीकरणसमेत माग्ने काम गरेको छ।

यस अवधिसम्म लघु निर्जीवन बीमकको कार्यालयमा भने प्राधिकरणले कुनै पनि किसिमको निरीक्षण गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS