IME Life New

कोठा जल्दा मेशिन जलेको भन्दै रू ३ करोडको दाबी, प्राधिकरणले दिलायो रू १० लाख मात्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाेटल बन्द पिउने पानी बिक्री गर्दै आएको साई ड्रिङ्गकिङ्ग वाटर इन्डस्ट्रिजले आगलागीका कारण उद्योगको भवन र मेशिनरी सहित जल्दा तीन करोड रूपैयाँ क्षतिपूर्ती दाबी गरेको एउटा मुद्दामा नेपाल बीमा प्राधिकरणले जम्मा १० लाख रूपैयाँ दिलाएको छ।

नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरिएको साई ड्रिङकिङ्ग वाटर इन्डस्ट्रिजले २०७६ असोज २५ गते शनिबार बिहान उद्योग भवनमा एक्कासी आगलागी भएको दाबी सहित क्षतिपूर्ती रकम माग्दै निवेदन दिएको थियो। आगलागीको घटना भएको दुई दिन पनि असोज २७ गते सोमबार यो इण्डष्ट्रिजले आगलागीको जानकारी गराउँदै बीमा कम्पनीसँग ३ करोड ४४ लाख ८३ हजार रूपैयाँ क्षतिपूर्ती दाबी गर्‍यो।

Esewa
Crest

दाबी निवेदन पछि बीमा कम्पनीले क्षतिको मूल्याङ्कन गर्न सर्भेयर खटाउँदा सर्भेयरले उद्योगमा पानी प्रशोधन गर्ने र बोटल बन्द गर्ने मेशिनरी र मालबस्तुको गोदाममा क्षति नभएको र भवनको एउटा कोठामा आगो लाग्दा धुँवाको मुस्लोले अन्यत्र पनि कालो लागेको प्रतिवेदन बुझाए। प्रतिवेदनमा क्षतिपूर्तीवापत जम्मा १० लाख ४७ हजार रूपैयाँ भुक्तानी गर्न सिफारिश गरिएको थियो।

क्षतिपूर्तीवापत प्राप्त हुने रकममा चित्त नबुझेपछि माग दाबी बमोजिम दाबी भुक्तानी गराउन साई ड्रिङकिङ्ग वाटर इन्डस्ट्रिजले २०७८ फागुन ९ गते उजुरी निवेदन दर्ता गराउँदै नेपाल बीमा प्राधिकरणको ढोका ढकढक्यायो।

इन्स्योरेन्सले सर्भेयर प्रतिवदेनका आधारमा क्षतिपूर्ती निर्धारण गरिएको भन्दै २०७८ चैत ४ गते बीमा प्राधिकरणलाई जवाफ पेश गरेको थियो।

घटनास्थलमा भएको क्षतिको अवस्था परिमाणसँग सम्बन्धित तस्बीर तथा श्रव्यदृश्यहरू मिसिल सामेल भएको नदेखिएकोले सर्भेयर एस के यादवलाई तस्वीर तथा श्रव्यदृश्यहरू सहित सर्भे प्रतिवेदनको पूर्णपाठ समेत आदेश प्राप्त भएको मितिले सात (७) दिन भित्र प्राधिकरण समक्ष पेश गर्न मिति २०८० वैशाख १३ गते आदेश जारी गर्‍यो। यादवले सात दिनको म्याद नघाएर २०८० असार ११ गते बल्ल प्रतिवेदन र फोटोहरू पेश गरे।

सर्भेयर प्रतिवेदन र घटना पुष्टी गर्ने फोटो र श्रव्यदृश्यको विश्लेषणका आधारमा प्राधिकरणले २०८० साउन २६ गते फैसला गर्दै क्षतिपूर्ती निर्धारण उपयुक्त भएको ठहर गर्दै निवेदन खारेज गर्ने निर्णय गर्‍यो ।

यसरी आगलागीको विपत्तीबाट समेत अनुचित फाइदा लिन बीमित कम्पनीले वास्तविक क्षतिभन्दा कैयाैं गुणा अधिक क्षतिपूर्ती दाबी गरेको ठहर भयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS