IME Life New

एनसीएचएलका सीईओ ‘म्यानेजर अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानलाई नेपाल व्यवस्थापन संघद्वारा आयोजित ४५औँ National Management Convention 2026 df “Manager of the Year 2025” अवार्डबाट सम्मानित गरिएको छ ।

प्रधानले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा पुर्याउँदै आएको योगदान तथा उनको नेतृत्वमा एनसीएचएलले स्थापना तथा सञ्चालन गर्दै आएको NCHL-ECC, NCHL-IPS, RPS, NPS, connectIPS, CORPORATEPAY, NEPALPAY QR, NEPALPAY Card, EFT Switch, NPI / NPIx लगायतका १० भन्दा बढी राष्ट्रिय भुक्तानी पूर्वाधारहरुले डिजिटल अर्थतन्त्रमा पारेको प्रभावको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो । सन् २०११ मा एनसीएचएलको कार्यभार सम्हालेका प्रधानले चेक क्लियरिङ्गबाट सुरु गरी एनसीएचएललाई आजको दिनमा आइपुग्दा नेपालको भुक्तानी पूर्वाधारको मेरुडण्डको रुपमा स्थापित गर्न सफल भएको छ ।

Esewa
Crest

नेपाल व्यवस्थापन संघले प्रत्येक वर्ष प्रदान गर्ने गरेको Manager of the Year अवार्ड व्यवस्थापन क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएका विशिष्ट व्यक्तित्वहरु मध्येबाट छनोट गरी सम्मानित गर्न प्रदान गरिँदै आएको छ । सोहि कार्यक्रममा नेपालमा आफ्नो विशेष योगदान पुर्याएका डा. युवराज खतिवडालाई Lifetime Achievement Award बाट सम्मनित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS