काठमाडौं । विश्वमा प्राकृतिक प्रकोपबाट लगातार छैटौँ वर्ष१०० अर्ब डलर माथिको बीमाकृत सम्पत्ति क्षतिग्रस्त भएको छ।
विलिसद्वारा प्रकाशित प्राकृतिक विपद् समीक्षा २०२६ अनुसार प्राकृतिक प्रकोपबाट बीमा गरिएको क्षति सन् २०२५ मा १०० अर्ब डलर नाघेको छ। यो क्षतिको सीमा लगातार छैटौँ वर्ष कायम रहेको छ। यद्यपि, सन् २०२५ को क्षति सन् २०२४ को तुलनामा ४० अर्ब डलरले घटेको छ।
प्रतिवेदनअनुसार प्राकृतिक प्रकोपबाट हुने क्षति दक्षिणपूर्वी एसियामा बढ्दै गएको छ। जसले बीमा दाबी भुक्तानी र विपद् वित्तपोषण प्रणालीमा दबाब बढाइरहेका छन्।
प्रतिवेदनमा एकपछि अर्को छुट्टाछुट्टै प्राकृतिक जोखिम बीमा कम्पनीहरुका लागि बढ्दो समस्या बन्दै गइरहेका उल्लेख छ। सन् २०२५मा वर्षाले थिलोथिलो बनेको जमिनमा बनेका भौतिक संरचनामा भूकम्प वा भूकम्पीय गतिविधिपछि आँधी आउनेजस्ता परिस्थितिले झनै जोखिम बढाएको छ। क्षति बढ्दै जाँदा दाबी भुक्तानीमा ढिलाइ हुन सक्ने र बीमितसँग विवाद बढ्न सक्ने प्रतिवेदनमा औँल्याइएको छ।
प्रतिवेदनमा फिलिपिन्सको हालैको घटनालाई उदाहरणका रुपमा प्रस्तुत गरिएको छ। सन् २०२५ को पहिलो ६ महिनामा फिलिपिन्समा सुपर टाइफुन रागासा, आफ्टरसकहरुसहितका चार ठूला भूकम्प र दुई थप जमिनमा आउने आँधीले प्रहार गरेको थियो। ती घटनाको यो शृंखलाले क्षतिलाई बढायो र प्रतिक्रिया तथा पुनर्लाभ प्रयासहरुमा तनाव उत्पन्न गरेको छ।
फिलिपिन्समा बीमा प्रवेश १ प्रतिशतभन्दा कम रहन्छ। जसले गर्दा धेरैजसो आर्थिक प्रभाव बीमा नगरिएको र व्यवसाय तथा स्थानीय सरकारहरुका लागि पुनर्लाभ सुस्त भएको छ।
विलिसको प्रतिवेदनमा वर्षा तीव्र हुँदै जाँदा बाढीको जोखिम परम्परागत उच्च जोखिम क्षेत्रहरुभन्दा बाहिर विस्तार हुँदै गइरहेको उल्लेख छ। – एजेन्सी












