IME Life New

नेशनल लाइफ बन्यो हिमालयन बैंकको सर्वाधिक ठूलो संस्थापक शेयरधनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाकिस्तानको हबिब बैंक लिमिटेडको नाममा रहेको हिमालय बैंकको सबै संस्थापक शेयर खरिद गरेपछि नेशनल लाइफ इन्स्योरेन्स सबैभन्दा ठूलो संस्थापक शेयरधनी बनेको छ।

नेशनल लाइफले आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनलाइन कारोबार प्रणालीबाट म्याचिङ कारोबार गरेर १ करोड ४० लाख ६ हजार २ सय १७ कित्ता शेयर खरिद गरेसँगै सर्वाधिक ठूलो संस्थापक शेयरधनी बनेको हो ।

Esewa
Crest

नेशनल लाइफले ११८.८८ रूपैयाँको दरले शेयर खरिद गर्दा नेप्सेमा कुल १ अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ रुपैयाँको कारोबार भएको छ । यसअघि गत बिहीबारै नेशनल लाइफले १ करोड ४० लाख ६ हजार २ सय ३० कित्ता शेयर खरिद गरेको थियो। यो कारोबारसँगै अब नेशनल इन्स्योरेन्ससँग कुल १३.८१ प्रतिशत संस्थापक शेयर स्वामित्व प्राप्त भएको छ।

यस संगै नेशनल लाइफले हबिब बैंकले बिक्री गर्ने भनेको सम्पूर्ण २ करोड ८० लाख १२ हजार ४ सय ४७ कित्ता शेयर खरिद गरेको छ ।

हिमालयन बैंकको संस्थापक शेयरधनी रहेकोकाले हबिब बैंकको शेयर खरिदमा नेशनल इन्स्योरेन्सले प्राथमिकता पाएको थियो।

हबिब बैंकले संस्थापक शेयरको न्युनतम मूल्य प्रति कित्ता ११२.८० रुपैयाँ कायम गरेकोमा नेशनल लाइफले सो भन्दा अधिक रकम प्रस्ताव गरेर सबै शेयर खरिद गर्ने गरि प्रस्ताव गरेको थियो ।

यस अघि हिमालयन रिइन्स्योरेन्सले नै हबिब बैंकको नाममा रहेको शेयर खरिद गर्ने तयारी गरेपनि बैंकको बहालवाला संस्थापक शेयरधनी नभएकाले पहिलो चरणमै आवेदन दिन पाएको थिएन । हबिब बैंक र हिमालयन रिइन्स्योरेन्सबीच भएको पूर्व सहमति अनुसार, बहालवाला संस्थापकले एकसाथ ठूलो रकम लगानी नगर्ने र दोश्रो चरणको प्रस्ताव आह्वानमा हिमालयन रिइन्स्योरेन्सले आवेदन दिने तयारी गरेपनि पहिलो चरणमै नेशनल इन्स्योरेन्सले सबै शेयर सकार्ने प्रस्ताव गरेपछि हिमालयन रिइन्स्योरेन्सको योजना कार्यान्वयन हुन सकेन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%
happy

खुसी

0%
sad

दु :खी

12%
amazed

अचम्मित

6%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS