IME Life New

राष्ट्रिय बीमा कम्पनीको नाफा ४२ करोड ७६ लाख, खुद ब्यापार २४ करोड ७४ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक घटेको छ ।

२६ करोड ६६ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको गत आर्थिक वर्षको चौथोे त्रैमाससम्म रिटेन्ड अर्निङमा २ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ रहेको छ । स्पेसल रिर्जभमा ३ अर्ब १५ करोड, महाविपत्ती कोषमा ६९ करोड २२ लाख र अन्य इक्विटीमा १० अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

Esewa
Crest

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ६५ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क घटेको छ ।

यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब २३ करोड ७० लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षो सोही अवधिमा कम्पनीले १ अर्ब ३३ करोड ९८ लाख खर्चिएको थियो ।

कम्पनीले समीक्षा वर्षमा २४ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३१ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि घटेको छ ।

यस समीक्षा वर्षमा कम्पनीले ४२ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६२ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS