IME Life New

राष्ट्रिय बीमा कम्पनीको नाफामा ४८.८७% को संकुचन, व्यापारमा पनि गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२को यही अवधिसम्म कम्पनीले ३४ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ४८.८७ प्रतिशतले घटेको छ।

Esewa
Crest

शेयर पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब २४ करोड २१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ७० करोड ११ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ५५ करोड ३३ लाख रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब ४५ करोड १४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब १५ करोड ३५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६९ करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब ७० करोड ११ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले ४८ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले ९७ करोड २९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४९.९९ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको पुससम्म कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन पनि ४६.५८ प्रतिशत घटेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १६ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ७५ करोड १९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा ३७ करोड ७९ लाख रुपैयाँ थियो। बीमा कोषको आकार ९५.९५ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ६६.४८ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस १३०.०२ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ६ हजार ४६१.२६ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS