IME Life New

राष्ट्रिय बीमा कम्पनीको नाफा ३४ करोड ४४ लाख, खुद बीमाशुल्क आर्जन २३ करोड १६ लाख माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ ।

२६ करोड ६६ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा ३ अर्ब २१ करोड रुपैयाँ, महाविपत्ति कोषमा ७० करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ५९ करोड रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब १५ करोड रुपैयाँ रहेको छ।

Esewa
Crest

अघिल्लो वर्ष विशेष जगेडामा ३ अर्ब १५ करोड रुपैयाँ, महाविपत्ति कोषमा ६९ करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ४७ करोड रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब ७० करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ४८ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ० दशमलव २१ प्रतिशतले घटेको हो ।

समीक्षा वर्षमा कम्पनीले २३ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन पनि ६ दशमलव ४० प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थिया

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब २४ करोड ९८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब २३ करोड ७० लाख रुपैयाँ खर्चिएको थियो ।

यस समीक्षा अवधिमा कम्पनीले ३४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४२ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा पनि १९ दशमलव ४५ प्रतिशतले घटेको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १२९ रुपैयाँ १८ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ६ हजार ४०७ रुपैयाँ ०५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS