IME Life New

राष्ट्रियस्तरका विकास बैंकको साढे ७%ले बढ्यो नाफा, ५ वटाको बढ्दा ३ वटाको घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिना साउनमा करिब ८० करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकले चालु आर्थिक वर्षको साउनमा ७९ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष २०८१।८२ को साउनमा यी बैंकहरुले ७४ करोड २७ लाख रपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यी बैंकहरुको नाफा ७.६० प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५ वटा बैंकको नाफा बढेको छ भने ३ वटाको घटेको छ। सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले लुम्बिनी विकास बैंक रहेको छ।

चालु आर्थिक वर्षको साउनमा मुक्तिनाथ विकास बैंकले १५ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष साउनमा मुक्तिनाथले १६ करोड ९६ लाख रुपैयाँ कमाएको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ७.२८ प्रतिशतले घटेको छ।

यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ। गत आर्थिक वर्षको साउनमा गरिमाले ९ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ४१.५९ प्रतिशतले बढेर १३ करोड ३९ लाख रपैयाँ कमाएको छ।

तेस्रोमा लुम्बिनी विकास बैंक रहेको छ। चालु आर्थिक वर्षको साउनमा लुम्बिनीले ११ करोड ८ लाख रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष साउनमा लुम्बिनीले ३ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा लुम्बिनीको नाफा २०५.२३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कामना सेवा विकास बैंकले ९ करोड ३७ लाख रुपैयाँ, ज्योति विकास बैंकले ८ करोड ७५ लाख रुपैयाँ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ८ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष साउनमा कामना सेवाले ८ करोड ५८ लाख रुपैयाँ, ज्योतिले ८ करोड ३७ लाख रुपैयाँ र शाइन रेसुंगाले ९ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलामा कामना सेवाको नाफा ९.२१ प्रतिशत र ज्योतिको ४.५५ प्रतिशतले बढ्दा शाइन रेसुंगाको १३.२३ प्रतिशतले घटेको छ।

यसैगरी चालु आर्थिक वर्षको साउनमा सांग्रिला डेभलपमेन्ट बैंकले ६ करोड ९५ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकले ६ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष साउनमा सांग्रिलाले ६ करोड ८१ लाख रुपैयाँ र महालक्ष्मीले १० करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थिए। अघिल्लो वर्षको तुलनामा सांग्रिलाको नाफा २.१३ प्रतिशतले बढ्दा महालक्ष्मीको ४३२.६९ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS