IME Life New

राष्ट्रियस्तरका विकास बैंकः दुई महिनामा कसले कति कमाए नाफा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो महिना भदौसम्म राष्ट्रियस्तरका विकास बैंकले करिब डेढ अर्ब रुपैयाँ नाफा कमाएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको भदौसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकले १ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को भदौसम्म यी बैंकले १ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ९.९४ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउनमा मुक्तिनाथ विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले सांग्रिला डेभलपमेन्ट बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ३ वटा बैंकको नाफा बढेको छ भने ५ वटाको घटेको छ।

चालु वर्षको भदौसम्म मुक्तिनाथ विकास बैंकले ३६ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको भदौसम्म बैंकले ३२ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ११ प्रतिशतले बढेको छ।

दोस्रो धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २७ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २८ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ४.९६ प्रतिशतले घटेको छ।

यसैगरी तेस्रो धेरै नाफा कमाउने बैंकमा कामना सेवा विकास बैंक रहेको छ। अघिल्लो वर्ष भदौसम्म बैंकले १७ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको समीक्षा अवधिमा ०.४२ प्रतिशतले बढेर १७ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

चालु वर्षको भदौसम्म शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १७ करोड ५५ लाख रुपैयाँ, ज्योति विकास बैंकले १७ करोड २ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले १६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा शाइन रेसुंगाको नाफा १८.५३ प्रतिशत र ज्योतिको १३.२६ प्रतिशतले घट्दा सांग्रिलाको १४.६० प्रतिशतले बढेको छ।

यसैगरी भदौसम्म महालक्ष्मी विकास बैंकले १० करोड ७४ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ३ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा महालक्ष्मीको नाफा ३७.३३ प्रतिशत र लुम्बिनीको ६७.२७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS