IME Life New

राष्ट्रियस्तरका विकास बैंकः शेयर धितो कर्जा ६ वटाबाट बढ्दा २ वटाबाट घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमास (साउन–असोज)सम्म करिब साढे १७ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु वर्षको पहिलो ३ महिनामा ८ वटा राष्ट्रियस्तरका विकास बैंकले १७ अर्ब ४० करोड ६४ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को पहिलो ३ महिनामा यी बैंकहरुले १६ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको शेयर धितो कर्जा ४.५ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ६ वटा विकास बैंकको शेयर धितो कर्जा बढेको छ भने २ वटाको घटेको छ। सर्वाधिक शेयर धितो कर्जा प्रवाह गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले सांग्रिला डेभलपमेन्ट बैंक अगाडि रहेको छ।

समीक्षा अवधिसम्म मुक्तिनाथ विकास बैंकले ३ अर्ब ८२ करोड ८० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २४ करोड ६० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको शेयर धितो कर्जा १७.९३ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै शेयर धितो कर्जा दिने बैंकमा गरिमा विकास बैंक रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा २ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह ३.७२ प्रतिशतले बढेको छ।

यसैगरी तेस्रो धेरै शेयर कर्जा प्रवाह गर्नेमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २ अर्ब ३६ करोड ८१ लाख रुपैयाँ शेयर धितो कर्जा दिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म यो शीर्षकमा बैंकले २ अर्ब ९५ लाख रुपैयाँ प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह १७ करोड ८५ लाख रुपैयाँले बढेको छ।

त्यस्तै समीक्षा अवधिसम्म महालक्ष्मी विकास बैंकले २ अर्ब १० करोड २३ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले १ अर्ब ९० करोड ९८ लाख रुपैयाँ, ज्योति विकास बैंकले १ अर्ब ७८ करोड २९ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले १ अर्ब ६३ करोड ६ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले १ अर्ब १० करोड ३ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा महालक्ष्मी र ज्योतिको शेयर धितो कर्जा घटेको छ भने अन्य बैंकको बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS