IME Life New

राष्ट्रियस्तरका विकास बैंकः ४९%ले बढ्यो नाफा, गरिमाले रु. १ अर्ब माथि कमाउँदा अन्यको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्म साढे ५ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

आज सार्वजनिक वित्तीय विवरणहरुअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकले चालु आर्थिक वर्षको चैतसम्म कुल ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म यी बैंकहरुले ३ अर्ब ६९ करोड २७० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ४९.०४ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले लुम्बिनी विकास बैंक अगाडि रहेको छ।

चालु वर्षको चैतसम्म गरिमा विकास बैंकले १ अर्ब ४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ४२.९१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यहीअवधिसम्म गरिमाले ७३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यसैगरी धेरै नाफा कमाउने दोस्रो विकास बैंकमा मुक्तिनाथ रहेको छ। समीक्षा अवधिसम्म मुक्तिनाथले ९४ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३०.०४.१९ प्रतिशतले बढेको छ।

तेस्रोमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ। समीक्षा अवधिसम्म यो बैंकले ७८ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५१ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ५३.३८ प्रतिशतले बढेको छ।

यसैगरी चालु वर्षको चैतसम्म ज्योति विकास बैंकले ६२ करोड ९४ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ५८ करोड ८६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले ५६ करोड १६ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले ४८ करोड ४५ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकले ४५ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा ज्योतिको नाफा १०५.३० प्रतिशत, कामना सेवाको १९.३७ प्रतिशत, लुम्बिनीको १०२८.२६ प्रतिशत, सांग्रिलाको ११.५९ प्रतिशत र महालक्ष्मीको ५.३६ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS