IME Life New

राष्ट्रियस्तरका विकास बैंकः करिब २८%ले बढ्यो नाफा, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्म सवा ३ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको पुससम्म कुल ३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म यी बैंकहरुले २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा २६.४३ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले लुम्बिनी विकास बैंक अगाडि रहेको छ।

चालु वर्षको पुससम्म मुक्तिनाथ विकास बैंकले ६७ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३३.५७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यहीअवधिसम्म मुक्तिनाले ५० करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यसैगरी धेरै नाफा कमाउने दोस्रो विकास बैंकमा गरिमा रहेको छ। समीक्षा अवधिसम्म गरिमाले ६३ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म गरिमाले ५४ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १५.६३ प्रतिशतले बढेको छ।

तेस्रोमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ। समीक्षा अवधिसम्म यो बैंकले ४० करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३३ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा २२.१९ प्रतिशतले घटेको छ।

यसैगरी चालु वर्षको पुससम्म कामना सेवा विकास बैंकले ३९ करोड ४५ लाख रुपैयाँ र ज्योति विकास बैंकले ३१ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कामना सेवाको नाफा २२.३४ प्रतिशत र ज्योतिको २४.४४ प्रतिशतले बढेको छ।

त्यस्तै महालक्ष्मी विकास बैंकले ३० करोड ५९ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले ३० करोड २५ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले २८ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा महालक्ष्मीको नाफा ६.४१ प्रतिशत, सांग्रिलाको ५३.९५ प्रतिशत र लुम्बिनीको ९३.३२ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS