IME Life New

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीमा नासा सेक्युरिटिजको लोगो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको जर्सीमा अब नासा सेक्युरिटिजको लोगो देखिने भएको छ। जर्सी प्रायोजन सम्बन्धी आइतबार नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच सम्झौता भएको हो ।

कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेटको नयाँ जर्सी समेत लन्च गरिएको थियो । सम्झौता अनुसार आगामी तीन वर्षका लागि नासाले हरेक वर्ष २ करोड ३६ लाख रुपैयाँ प्रदान गर्नेछ। क्यानका सचिव पारस खड्काले बिडिङ प्रक्रियामार्फत नासा छनोट भएको जानकारी दिँदै यसलाई ऐतिहासिक सम्झौता भएको बताएका छन्।

Esewa
Crest

सम्झौतापत्रमा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, महाप्रबन्धक उत्सव ढुंगाना, नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौडेल र अनिल श्रेष्ठले हस्ताक्षर गरेका थिए।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चन्द र नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक पौडेलले संयुक्त रूपमा नयाँ जर्सीको सार्वजनिक अनावरण गरेका थिए।

नेपालको राष्ट्रिय टोली टी–२० विश्वकप छनोटको तयारीस्वरूप अस्ट्रेलिया प्रस्थान गर्नु अघिको दिन नयाँ जर्सी सार्वजनिक गरिएको हो। नेपाली टिम अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिजमा सहभागी हुँदैछ, जुन प्रतियोगिता आगामी अगस्ट १४ देखि २४ सम्म सञ्चालन हुनेछ।

यो भ्रमण अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीस्वरूप गरिएको हो।

अस्ट्रेलिया भ्रमणका लागि घोषित टिममा एक सदस्य परिवर्तन गरिएको छ। ललित राजवंशीको आमाको निधन भएपछि उनी टिमबाट बाहिरिएका छन् भने उनको स्थानमा साहब आलमले टोलीमा स्थान पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS