IME Life New

सरकारसँग नरेशलाल समूहको प्रिबजेट छलफलः ८० भन्दा बढी अध्यक्षले भने–‘यो समूहले हाम्रो समस्या बुझेको छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार नरेशलाल समूहले प्रिबजेट छलफल सम्पन्न गरेको छ। उद्योगी–व्यवसायीका समस्या तथा मागलाई आगामी बजेटमार्फत सम्बोधन गराउने उद्देश्यअनुरुप यो समूहले सरकार र निजी क्षेत्रबीच प्रिबजेट छलफल गराएको हो।

ललितपुरस्थित हिमालय होटलमा भएको छलफलमा वस्तुगत संघ तथा महासंघततर्फका गरी ८० भन्दा बढी अध्यक्ष सहभागी भएका थिए भने बजेटसँग सम्बद्ध विभाग तथा महाशाखा प्रमुख थिए। कार्यक्रममा बोल्ने अघिकांश बस्तुगत अध्यक्षले अहिले पनि व्यवसायीका धेरै समस्याहरु रहेको र अब बन्ने बजेटमार्फत सम्बोधन हुनुपर्ने बताए। ‘उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले हामी बस्तुगत अध्यक्षहरुको गुनासो सुनाउनका लागि जसरी यो प्रि बजेट छलफल कार्यक्रम गर्नुभयो यो एकदमै सह्रानीय छ’, कार्यक्रममा बोल्ने बस्तुगत अध्यक्षहरुले भने, ‘नरेशलाल समूहमा व्यवसायीका समस्या बुझेको र सरकारसँग लबिङ गरेर व्यवसायीका माग सम्बोधन गराउन सक्ने व्यवसायीहरु उम्मेदवार रहेकाले सो समूहलाई जिताउन आवश्यक छ।’

Esewa
Crest

कार्यक्रममा बोल्ने अधिकांश वस्तुगत संघका अध्यक्षहरुले आफ्ना मागलाई सरकारले सम्बोधन नगरेको भन्दै हाल दुई तिहाइको सरकार बनेको र त्यसले सम्बोधन गर्ने बताएका थिए। कार्यक्रममा उपाध्यक्षमा उम्मेदवार नरेशलाल श्रेष्ठले अहिले व्यवसायीहरु विभिन्न कारणले गर्दा पलायन हुने अवस्था रहेको र सरकारले उनीहरुको समस्या सम्बोधन हुनेगरी बजेट ल्याउनुपर्ने बताए। ‘कोरोना महामारीपछि नै व्यवसायीहरु एकदमै समस्यामा छन् भने जेनजी आन्दोलन पनि त उद्योगी–व्यवसायीको आत्मबल नै गिरेको छ’, उनले भने, ‘दुई तिहाइ नजिकको बनेको सरकारले व्यवसायीको समस्या समाधान गर्दैै आत्मबल उचो बनाउनुको विकल्प छैन।’

आफूले अहिले पनि व्यावसायिक हकहितमा काम गर्दै आएको र आगामी दिनमा पनि व्यवसायीको एजेण्डा लिएर सरकारसँग नीतिगत पहलका लागि काम गर्ने बताए। ‘मैले सधैँ वस्तुगत संघका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायसँग बहश पैरबी गर्दै आएको छु’, उनले भने, ‘सोही अनुरुप अहिलेपनि वस्तुगत संघसंस्थाका समस्यालाई बजेटमार्फत सम्बोधन गराउन प्रि बजेट छलफलको आयोजना गरेका हौं आशा छ आज उठेका समस्याहरुलाई सरकारले बजेटमार्फत सम्बोधन गर्नेछ।’

यसैगरी कार्यक्रममा महासंघको वस्तुगत तर्फका उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका प्रस्तावित उम्मेदवार हेमराज ढकालले आफ्नो कार्यकाल महासंघका तर्फबाट सरकारसँग लबिङ गरेर उद्योगी–व्यवसायीको हितमा थुप्रै काम गरेको र अबका दिनमा उद्योगी–व्यवसायीको समस्या समाधानका लागि आफु सधै व्यवसायीकै साथमा रहेने बताए। ‘यसअघि सरकारले निजी क्षेत्रमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्ने नियम ल्याउन लागेको थियो’, उनले भने, ‘त्यसमा हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल र आफूहरु लागेको त्यसलाई रोक्न सफल भएको भन्दै अहिलेको कार्यकालमा २० भन्दा बढी कानूनहरु परिमार्जन गरी व्यवसायी मैत्री बनाउन सफल भएका छौँ।’

सोहीअनुरुप अबका दिनमा पनि व्यवसायीक हकहितमा काम गर्न नरेशलाल समूहलाई नै जिताउनुको विकल्प नभएको उनको भनाइ थियो।

महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समूहबाट सदस्यहरुमा कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै सोही समूहबाट महासंघकोतर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरुमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली चुनावी मैदानमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS