IME Life New

नारायणी डेभलपमेन्ट बैंकको करिब सवा ६ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको करिब सवा ६ लाख कित्ता अवितरित हकप्रद शेयर आज मंसिर ११ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको १८ हजार ४४४ कित्ता गरी कुल ६ लाख २१ हजार ६०६ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा मंसिर २५ गतेसम्म खरिद आवेदन दिन सकिनेछ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले काठमाडौंको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS