IME Life New

नारायणी डेभलपमेन्ट बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिने भएको छ। बैंकको संस्थापक समूहको ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत यही माघ १८ गतेबाट बिक्रीमा राख्न लागिएको हो।

बैंकको यो लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Esewa
Crest

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौंको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा र बुटवलमा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन ४ गतेसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS