IME Life New

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजबाट आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आज असोज २ गतेदेखि आवेदन दिन सकिनेछ।

बैंकले आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो। जसअनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर जारी गरेको छ।

Esewa
Crest

बैंकको हकप्रद शेयर प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा कार्यालय तथा नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, यज्ञपुरी शाखा, टाँडी शाखा, पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सकिनेछ। शेयरधनीहरुले हकप्रद शेयरमा असोज २२ गतेसम्म आवेदन दिन पाउनेछन्।

बैंकले हकप्रद शेयर जारी प्रयोजनार्थ गत भदौ ९ गते बुकक्लोज गरेको थियो। यसको अर्थ भदौ ८ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS