IME Life New

अब एक पटकका लागि नाम, थर, उमेर वा अन्य विवरण सच्चाउन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले व्यक्तिगत विवरणमा त्रुटि हुँदा दुःख पाइरहेका नागरिकले राहात दिएको छ।

सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन राजपत्र प्रकाशित गर्दै अब व्यक्तिगत विवरणमा भएको त्रुटि सच्चाउन पाउने व्यवस्था गरेको हो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा संशोधन गर्दै सरकारले कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनुपरेमा सम्बन्धित व्यक्तिले एकपटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

Esewa
Crest

यसअघि ऐनमा बालबालिकाको जन्मदर्ता १ वर्षभित्रमा सच्याउन मिल्ने व्यवस्था गरिएको थियो। यो व्यवस्था २०७६ सालभन्दा पछि जन्मिएका बालबालिकाको हकमा मात्र लागू हुन्थ्यो।

यसैगरी ऐनमा संशोधन गर्दै उपदफा (२)मा रहेका ‘अन्य विवरण’ भन्ने शब्दहरुपछि ‘एक पटक’ भन्ने शब्दहरु थपिएका छन्। त्यस्तै उपदफा (४) मा रहेको ‘उमेर’ भन्ने शब्दको सट्टा ‘विवरण’ भन्ने शब्द राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS