IME Life New

म्यानमार र थाइल्यान्डमा गएको भूकम्पको क्षतिमा बीमा दाबी डेढ अर्ब डलर नाघ्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । म्यानमार र उत्तरी थाइल्यान्डमा गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिको बीमा दाबी डेढ अर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ।

थाई जनरल इन्स्योरेन्स एसोसिएसन (टीजीआईए)ले गत मार्चमा गएको उक्त शक्तिशाली भूकम्पबाट भएको क्षतिको १ अर्ब ५३ करोड डलर बढीको बीमा दाबी पर्ने अनुमान गरेको हो।

Esewa
Crest

बैंकक पोस्टमा प्रकाशित समाचारअनुसार हालसम्म ९२ करोड डलरबराबरको १ लाख ५० हजार बीमा दाबी परेको छ। यो दाबी प्रक्रिया आउँदो सेप्टेम्बरमा जारी रहने अनुमान गरिएको छ।

भूकम्पले सर्वसाधारणसँगै बीमा कम्पनीहरुलाई प्रभाव पारेको टीजीआईएले जनाएको छ। यसका साथै प्राकृतिक विपत्तिबाट हुन सक्ने आर्थिक क्षति न्यूनकरण गर्न बीमा आवश्यक रहेको जागरुकता पनि बढाएको टीजीआईएको भनाइ छ।

अब ती क्षेत्रमा भूकम्प र व्यक्ति सम्पत्ति बीमाको माग अत्याधिक बढ्ने अनुमान गरिएको छ। टीजीआईएले बढ्दो जोखिमका कारण प्राकृतिक विपत्तिसँग सम्बन्धित बीमाको प्रिमियम पनि बढ्न सक्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS