IME Life New

सन् २०३० सम्म साइबर बीमा बजारको आकार दोब्बर हुने म्युनिख रिको अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । म्युनिख रिले सन् २०३० सम्म साइबर बीमाको वैश्विक बजारको आकार दोब्बर हुने अनुमान गरेको छ।

म्युनिख रिका अनुसार सन् २०२५ मा विश्वमा साइबर बीमाको कुल व्यापार १६ अर्ब ३० करोड अमेरिकी डलरबराबरको हुने अनुमान गरिएको छ। यो व्यापार सन् २०३० सम्म बढेर ३२ अर्ब ४० करोड डलर पुग्ने प्रक्षेपण गरिएको छ। सन् २०२४ मा १५ अर्ब ३० करोड डलरको साइबर बीमा व्यापार भएको थियो।

Esewa
Crest

यस्तै सन् २०२७ सम्म साइबर बीमा बजारमा युरोपको २४ प्रतिशत तथा एसियन÷ओसिनियाको ८ प्रतिशत हिस्सा रहने म्युनिख रिको अनुमान छ।

विश्वको साइबर बीमा व्यापारमा उत्तरी अमेरिकाको हिस्सा सर्वाधिक ६९ प्रतिशत रहने अनुमान गरिएको छ। उत्तरी अमेरिका एक्लैले १० अर्ब ६० करोड डलरको साइबर बीमा व्यापार गर्ने प्रक्षेपण गरिएको छ।

यसैगरी साइबर बीमाको वैश्विक व्यापारमा युरोपले ३ अर्ब ३० करोड डलर (२१ प्रतिशत) रहने अनुमान गरिएको छ। यो वृद्धि सन् २०२४ को तुलनामा वार्षिक २६ प्रतिशतको वृद्धिदर हुने बताइएको छ।

ठूला व्यापारिक संस्थामा साइबर बीमाको माग अत्यधिक देखिएको छ। यद्यपि साना तथा मझौला व्यापारिक प्रतिष्ठानबाट भने साइबर बीमाको माग सुस्त देखिएको छ। जनचेतनाको सीमितता र जोखिमप्रति जागरुक नहुँदा साना तथा मझौला उद्यममा साइबर बीमाको माग थोरै देखिएको म्युनिख रिले जनाएको छ।

सन् २०२४ मा साइबर हमलाबाट यातायात, शिक्षण संस्था र खुद्रा व्यापार धेरै प्रभावित भएको देखिन्छ। हालै म्युनिख रिले गरेको विश्वव्यापी सर्भेक्षणमा ८७ प्रतिशत सहभागीले तिनका संस्थाहरु साइबर हमालबाट बेच्ने उपाय अवलम्बन फितलो रहेको प्रतिक्रिया दिएका थिए।

म्युनिख रिले बढ्दो साइबर हमला र प्राविधिक सटडाउनको हुने क्षतिको पूर्ति गर्न साइबर बीमाको आवश्यक र औचित्यबारे जनचेतना बढाउन आवश्यक रहेको विश्लेषण गरेको छ। साइबर बीमा बजारको विकास पुनर्बीमा क्षेत्रको उन्नत जोखिम मोडेलिङ र स्थिर क्षमता प्रदान गर्ने आधारमा निर्भर रहेको उसको ठहर छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS