IME Life New

आजसम्म कायम शेयरधनीले मुक्तिनाथ विकास बैंकको लाभांश पाउने, कति दिँदैछ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ३० गते अन्तिम दिन रहेको छ।

बैंकले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि असोज ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज ३० गतेसम्म कायम शेयरधनीहरु मात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक १५ गते आयोजना गर्दैछ। सभा कास्कीको पोखरास्थित होटल ग्रान्ड पार्दीमा बिहान १० बजे बोलाइएको छ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित कुल १८.२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) छन्।

सोही सभाले मुक्तिनाथलाई वाणिज्य बैंक बनाउने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन पनि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी ८ अर्ब ३ लाख ८८ हजार ७६७.११ रुपैयाँ र गत वर्ष पारित भएको १ अर्ब रुपैयाँ अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी भएपछि बैंकको जारी तथा चुक्तापुँजी ९ अर्ब ३ लाख ८८ हजार ७६७.११ पुर्याउने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझावअनुसार गर्ने अख्तियारी सञ्चालक समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

सभाले सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS