IME Life New

डेढ करोडको बीमा रकम र प्रेमीका लागि आमाले गराइन् छोराको हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतस्थित उत्तर प्रदेशको कानपुर देहातमा बीमाको रकमको लोभले ममतालाई राक्षसमा परिणत गरेको छ। बीमा दाबी र प्रेमीसँगको अवैध सम्बन्ध लुकाउनका लागि एक आमाले आफ्नो छोराको हत्या गराएकी हुन्।

हालै यो घटना बरौर प्रहरीचौकी क्षेत्रअन्तर्गत अंगदपुर बागवानमा भएको हो। ममता सिंहले आफ्ना छोरा २५ वर्षीय प्रदीप सिंहको हत्या गराइन्। पतिको निधनपछि ममताका प्रेमी मयंक कटियार घरमा आउने गर्थे। यो कुरा छोरा प्रदीपलाई मन परेको थियो र उनी विरोध गर्थे।

Esewa
Crest

छोराले धेरै विरोध गर्न थालेपछि ममताले आफ्ना प्रेमीसँग बस्न र छोराको नाममा रहेको बीमाको १ करोड ५० लाख भारतीय रुपैयाँ प्राप्त यो षड्यन्त्र रचेकी थिइन्। आफ्ना छोराको नाममा ममताले ४ वटा बीमा पोलिसी निकालेकी थिइन्।

ममताले आफ्ना प्रेमी मयंक र मयंकका भाइ ऋषिलाई छोरा प्रदीपको हत्या गर्न लगाइन्। बाटोमा हथौडाले टाउकोमा हानेर प्रदीपको हत्या गरी शव राजमार्गको छेऊमा फालिएको थियो। ता कि यो सडक दुर्घटनाजस्तो देखियोस्।

योजनाको एउटा भागका रुपमा मयंक र ऋषिले ममताको छोरालाई घर बोलाए र बाटोमा हथौडाले टाउकोमा हानेर हत्या गरे। सडक दुर्घटनाजस्तो देखाउन शव राजमार्गको छेउमा फालिएको थियो। पोस्टमार्टम रिपोर्टमा टाउकोको हड्डी फुटेको र गहिरो घाउहरु देखा पर्यो। यसले हत्यालाई स्पष्ट रुपमा संकेत गरेको थियो।

प्रहरीले मोबाइल लोकेसन ट्रेस गर्दा घटना भएको समयमा ममता र उनको प्रेमी मयंक एउटै स्थानमा रहेको पत्ता लगायो। प्रहरी अनुसन्धानमा मयंकले बीमाको पैसाका लागि हत्याको योजना खुल्यो।

प्रहरी अनुसन्धानपछि बरौर प्रहरीले ऋषि कटियारलाई इन्काउन्टर गरी पक्राउ गर्यो। उनलाई गोली हानी घाइते बनाएको थियो। हत्यामा प्रयोग गरिएको हथौडा, पेस्तोल र कार पनि प्रहरीले बराम गर्यो।

केही दिनपछि प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त मयंक र आमा ममतालाई पनि पक्राउ गरेको छ। हाल प्रहरीले तीनैजनालाई हिरासतमा राखेर यो घटना थप अनुसन्धान गरिरहेको छ। हत्याको केही दिनभित्रै अभियुक्तहरु पक्राउ परेसँगै उनीहरुले प्रदीपको बीमा दाबी गर्न भने पाएनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS