IME Life New

अधिकांश न्युजिल्यान्डवासी जलवायुसम्बन्धी बीमाका लागि जोखिममा आधारित मूल्य निर्धारणको समर्थनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जलवायु परिवर्तनका कारण निम्तिने संकट प्राकृति विपत्तिको बढ्दो त्रासबीच अधिकांश न्युजिल्यान्डका जनताले बीमामा जोखिममा आधारित मूल्य तय गरिनुपर्ने विषयको समर्थन गरेका छन्।

आईएजी मे महिनामा गरेको सर्भेक्षणबाट यस्तो नतिजा आएको हो। सर्भेमा ९० प्रतिशत उत्तरदाताले चरम आँधीबेहरी आउने, ८९ प्रतिशतले लगातार र तीव्र बाढी आउने र ८८ प्रतिशतले समुद्री तहबाट तटीय क्षेत्रमा बाढी आउने अनुमान गरेका छन्। यी चिन्ताले निष्पक्ष र पारदर्शी बीमा प्रिमियम संरचना र जोखिम न्यूनीकरणका लागि बलियो प्रोत्साहनको मागलाई बढावा दिइरहेका छन्।

Esewa
Crest

यसबाहेक सर्भेमा सहभागी ६० प्रतिशत उत्तरदाता उच्च जोखिम सामना गर्ने सम्पत्तिहरुका लागि बीमा कम्पनीे प्रिमियम बढाउनुपर्छ भन्नेमा सहमत छन्। त्यस्तै ४५ प्रतिशत उत्तरदाताले मानिसहरुले सामना गर्ने जोखिमका लागि मात्र भुक्तानी गर्नु सबैभन्दा उचित हुन्छ भन्ने विश्वास गर्छन् भने १० प्रतिशत उत्तरदाता जोखिमको पर्वाह नगरी सबैले समान तिर्नुपर्छ भन्ने सोच्छन्।

प्रतिवेदनअनुसार ७१ प्रतिशत उच्च जोखिम भएका क्षेत्रमा बसोबास गरेमा बढी तिर्न इच्छुक छन् भने केवल १७ प्रतिशतले अन्य क्षेत्रको तुलनामा त्यस्ता क्षेत्रमा रहेकाका लागि बीमा प्रिमियम अनुदान दिनुपर्ने धारणा राखेका छन्।

एएमआई, स्टेट र एनजेडआईकी सीईओ अमान्डा ह्वाइटिङले मौसमसँग सम्बन्धित बढ्दो क्षतिले बीमा प्रिमियममा किफायती मूल्य निर्धारणको महत्त्वलाई जोड दिएको बताइन्।

यसका साथै बीमा पहुँचयोग्य राख्नका लागि बलियो समर्थन छ। लगभग ७४ प्रतिशत उत्तरदाताले बीमा कम्पनीहरुले सकेसम्म धेरै घरको बीमा गर्नमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS