IME Life New

आधाभन्दा बढी जेन-जेडमा बीमाबारे अविश्वास वा भ्रमः सर्भेक्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका आधाभन्दा बढी जेनेरेस–जेड (जेन–जेड)मा बीमाबारे अविश्वास वा भ्रम रहेको पाइएको छ।

ग्लोबलडेटाले गरेको सर्भेक्षणबाट जेन जेड(सन् १९९५ देखि २०१२ बीच जन्मिएका)मा यस्तो देखिएको हो। प्रतिवेदनका अनुसार ५०% भन्दा बढी जेन–जेडमा बीमाका बारेमा बुझाइको कमी वा सेवा प्रदायकप्रति अविश्वासलाई बीमा खरिद गर्ने मुख्य बाधाका रुपमा पहिचान गरेको उल्लेख छ।

Esewa
Crest

सामाजिक सञ्जालमा राम्रो संलग्नता र लचिलो उत्पादन डिजाइनजस्ता छोटो अवधिका रणनीतिले सीमित सफलता प्रदान गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ। ‘युवा ग्राहकसँग दिगो सम्बन्ध निर्माण गर्न दीर्घकालीन सुधार आवश्यक छन्’, प्रतिवेदनमा भनिएको छ।

सन् २०२५ को पहिलो त्रैमासिकमा गरिएको ग्लोबलडेटाको सर्भेक्षणका क्रममा बीमा उद्योगले उपभोक्ताको विश्वास जित्न डिजिटल अपग्रेडभन्दा बाहिर जान आवश्यक पाइएको छ। ‘केही व्यक्तिगत लाइनमा बढ्दो प्रिमियमले परिस्थितिलाई मद्दत गरिरहेको छैन’, ग्लोबलडेटाका वरिष्ठ बीमा विश्लेषक बेन केरी–इभान्सले भने, ‘यो अवस्था परिवर्तन गर्न बीमकहरुले प्रस्ताव गरेको मूल्य र संलग्नता बढाउनु आवश्यक हुनेछ’,

केरी–इभान्सले बीमकहरुले बीमा उत्पादनहरुको फाइदाहरु सञ्चार गर्न थप काम गर्नुपर्ने बताए। ‘विशेषगरी धेरै युवा उपभोक्ता अनिवार्य कार बीमामार्फत उद्योगमा संलग्न हुने गरेको पाइएको छ’, उनले भने, ‘जुन प्रायः ‘रिसाएको खरिद’का रुपमा हेरिन्छ।’

आधुनिक बीमा सुविधा (जस्तै– स्वास्थ्य बीमा योजनामा फिटनेस कार्यक्रम, स्मार्टवाचमा छुट वा सुरक्षालाई प्रवर्द्धन गर्ने स्मार्ट होम उपकरण) संलग्नता बढाउन र थप मूल्य प्रदर्शन गर्ने सम्भावित उपकरणका रुपमा हेरिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS