IME Life New

अझै एक दर्जन बढी वाणिज्य बैंकको शेयरभाउ रु. ३०० भन्दा तल, कुन-कुन ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त भएसँगै शेयर लगानीकर्ताको एउटा महत्वपूर्ण माग पूरा भएको छ।

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेलको इन्ट्री भएसँगै चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत शेयर लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएका शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने माग पूरा भएको छ। यसअघि जोखिम भार १२५ प्रतिशत थियो।

Esewa
Crest

यो माग पूरा भएसँगै शेयर लगानीकर्तामा उत्साह देखिएको छ। धेरै राष्ट्र बैंकको यो कदमलाई निकै सकारात्मक मानेका छन्।

शेयर बजार अझै पनि साइडवेजमै चलिरहेको छ। अब भने बजारमा लय लिन सक्ने शेयर लगानीकर्ताको आशा छ।

बजारमा अझै पनि लगानीकर्ताहरु सस्ता र बलिया स्टकको खोजीमा छन्। बैंकिङ सेक्टरतिर हेर्ने हो भने अझै पनि एक दर्जन बढी वाणिज्य बैंकको भाउ ३०० रुपैयाँभन्दा तल नै रहेको छ।

जेठ ११ गतेको अन्तिम कारोबार मूल्यअनुसार वाणिज्य बैंकहरुको शेयरभाउ

  • प्रभु बैंकः २१२ रुपैयाँ
  • कुमारी बैंकः २१६ रुपैयाँ
  • सिटिजन्स बैंकः २१६.९० रुपैयाँ
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः २१७ रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः २२५.४० रुपैयाँ
  • माछापुच्छ्रे बैंकः २२७.१० रुपैयाँ
  • हिमालयन बैंकः २३० रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः २३१.१० रुपैयाँ
  • एनएमबि बैंकः २५० रुपैयाँ
  • प्राइम कमर्सियल बैंकः २५१.५० रुपैयाँ
  • नेपाल बैंकः २५७.३० रुपैयाँ
  • कृषि विकास बैंकः २९५ रुपैयाँ
  • सिद्धार्थ बैंकः २९५.१० रुपैयाँ
  • सानिमा बैंकः ३२३ रुपैयाँ
  • एनआईसी एसिया बैंकः ३६६.८० रुपैयाँ
  • नेपाल एसबीआई बैंकः ४०२ रुपैयाँ
  • नबिल बैंकः ४९७ रुपैयाँ
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकः ६२२.३० रुपैयाँ
  • एभरेस्ट बैंकः ६४४ रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS