IME Life New

दुई लघुवित्तको ९२ हजार बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको ९२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको हो।

आरएसडीसी लघुवित्त र नेसनल लघुवित्त वित्तीय संस्थाको कुल ९२ हजार १५९ कित्ता संस्थापक शेयरमा बिक्रीमा राखिएको हो। जसमा आरएसडीसी लघुवित्तको १२ हजार कित्ता र नेसनल लघुवित्तको ७० हजार १५९ कित्ता रहेको छ।
आरएसडीसी लघुवित्तको शेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

Esewa
Crest

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीले रुपन्देहीको बुटवटलस्थित संस्थाको रजिस्टर्ड कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। सो अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नदिएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

यसैगरी नेसनल लघुवित्तको शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। यसअघि संस्थाका संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा कुनै पनि निवेदन प्राप्त नभएपछि संस्थाले अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरेको हो।

यो शेयरमा १५ दिनभित्र काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा खरिद निवेदन पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS