IME Life New

अगस्टमा भित्रिए नेपालमा साढे ८८ हजार बढी पर्यटक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा विभिन्न देशबाट अगस्टमा साढे ८८ हजार बढी पर्यटक भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका हुन्। यो संख्या अघिल्लो वर्षको अगस्टको तुलनामा २२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष अगस्टमा ७२ हजार ७१७ पर्यटक नेपाल भित्रिएका थिए।

Esewa
Crest

बोर्डको तथ्यांकअनुसार अगस्टमा सबैभन्दा बढी पर्यटक छिमेकी मुलुक भारतबाट भित्रिएका छन्। भारतबाट ३५ हजार ५०५ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन्।

यसैगरी दोस्रोमा चिनियाँ छन्। अगस्टमा ७ हजार ५३३ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

यसैगरी अगस्टमा अमेरिकाबाट ६ हजार ६८, श्रीलंकाबाट ५ हजार ९५६ र बंगलादेशबाट ४ हजार २६२ जना पर्यटक नेपाल भित्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS