IME Life New

अमेरिकामा ५.५ करोड आप्रवासीमाथि मडराउँदै खतरा ! नियम उल्लंघन गर्दा भिसा रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीहरुप्रति निकै कठोर बनेका छन्। उनले अमेरिकामा आप्रवासीहरुको सम्बन्धमा ठूलो कदम चालेका छन्।

ट्रम्प प्रशासनले देशमा कुनै पनि प्रकारको नियम र कानुन उल्लंघन गरेका ५ करोड ५० लाखभन्दा बढी मानिसको वैध भिसाको समीक्षा गरिरहेको छ। यसका कारण उनीहरुलाई देश निकालाको खतरा पनि बढ्दै गइरहेको छ।

Esewa
Crest

अमेरिकी विदेश विभागका अनुसार सबै अमेरिकी भिसाधारकको भिसा जाँच गरिनेछ। ‘किनकि ती व्यक्ति अमेरिका प्रवेश गर्न वा यहाँ बस्न अनुमति पाउन योग्य छन् कि छैनन्’, विभागले भनेको छ, ‘यसमा धेरै देशका पर्यटक पनि समावेश छन्।’

यदि यसमा कुनै प्रकारको विसंगति भेटियो भने ती मानिसको भिसा रद्द गरिने र यदि उनीहरु अमेरिकामा छन् भने देश निकाला गरिने विभागले स्पष्ट पारेको छ। अमेरिकाको राष्ट्रपति बनेदेखि ट्रम्पको ध्यान अमेरिका प्रवेश गरेका वा त्यहाँ अवैध रुपमा बसिरहेका आप्रवासीलाई देश निकाला गर्नेमा केन्द्रित रहेको छ।

अमेरिकी सरकारले भिसा जाँच एक निरन्तर र समय खपत गर्ने प्रक्रिया भएको जनाएको छ। यसको अर्थ अमेरिकामा बस्न स्वीकृत भएकाहरुको भिसा पनि रद्द गर्न सकिन्छ।

माइग्रेसन पोलिसी इन्स्टिच्युटमा अमेरिकी अध्यागमन नीति कार्यक्रमकी सहनिर्देशक जुलिया ग्यालेट भन्छिन्। ‘अनुसन्धान गर्नुपर्ने ५ करोड ५० लाख भिसा छन्। यीमध्ये केही व्यक्तिहरु हाल अमेरिका बाहिर हुन सक्छन्। जसको बहुप्रवेश पर्यटक भिसा छ।’ ग्यालेटले अमेरिका कहिल्यै नफर्किने व्यक्तिहरुमा स्रोतहरु खर्च गर्ने मूल्यमाथि प्रश्न उठाइन्।

विदेश विभागका अनुसार यो अयोग्यताको संकेतहरु खोजिरहेको छौँ। जसमा भिसामा तोकिएको अधिकृत समय सीमाभन्दा बढी बस्नु, आपराधिक गतिविधि, सार्वजनिक सुरक्षाका लागि खतरा, कुनै पनि प्रकारको आतंकवादी गतिविधिमा संलग्नता वा आतंकवादी संगठनलाई समर्थन गर्नु समावेश छ।

अमेरिकी सरकारले भन्यो, ‘हामी हाम्रो अनुसन्धानको भागका रुपमा सबै उपलब्ध जानकारीहरुको समीक्षा गर्छौं। जसमा कानुन प्रवर्तन वा अध्यागमन रेकर्डहरु वा भिसा जारी भएपछि प्रकाशमा आउने कुनै पनि अन्य जानकारी समावेश छ। जसले सम्भावित अयोग्यतालाई संकेत गर्दछ।’

अमेरिकी विदेश सचिव मार्को रुबियोका अनुसार अमेरिकाले अब व्यावसायिक ट्रक चालकहरुलाई कामदार भिसा जारी गर्न बन्द गर्नेछ। ‘यो परिवर्तन तुरुन्तै लागू हुनेछ’, रुबियोले भने, ‘अमेरिकी सडकहरुमा ठूला ट्रयाक्टर, ट्रेलर वा ट्रकहरु चलाउने विदेशी चालकहरुको बढ्दो संख्याले अमेरिकी जीवनलाई खतरामा पारिरहेको छ।’

पछिल्ला केही महिनाहरुमा ट्रम्प सरकारले अमेरिकामा ट्रक चालकहरुलाई अंग्रेजी भाषा बोल्न र पढ्न अनिवार्य गरेको थियो। यातायात विभागले भन्यो, ‘यसको उद्देश्य सडक सुरक्षा सुधार गर्नु हो। किनकि केही घटनाहरुमा सडक चिह्नहरु पढ्न वा अंग्रेजी बोल्न चालकहरुको क्षमताको कमीका कारणले सडक दुर्घटनामा मृत्यु हुने संख्या बढेको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS