काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २ लाख बढी कित्ता शेयरको लकइन अवधि आउँदो साउन १० गतेबाट सकिने भएको छ।
संस्थाको २ लाख ३ हजार ८२४ कित्ता शेयरको लकइन अवधि सकिने भएको हो। जसमा संस्थापक शेयर २ लाख २ हजार ३४२ कित्ता र कर्मचारीको शेयर १ लाख ४८२ कित्ता रहेको छ।
यो शेयर साविक आदर्श लघुवित्त वित्तीय संस्थाको हो। आदर्श लघुवित्तलाई डिप्रोक्सले प्राप्ति गरी २०८० असार १ गतेबाट एकीकृत कारोबार सुरु गरेको थियो।
साविक आदर्श लघुवित्तको साधारण शेयर बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।