IME Life New

मुक्तिनाथ विकास बैंकको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा आउँदै, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिने भएको छ।

बैंकको संस्थापक समूहको २ लाख ५८ हजार १८३ कित्ता शेयर यही वैशाख ८ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ता शेयर खरिदका लागि निवेदन दिन सकिनेछ।

बोलपत्र यही वैशाख १६ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलमा पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS