IME Life New

जीवन विकास लघुवित्तको १ लाख ३३ हजार बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको १ लाख ३३ हजार बढी कित्ता शेयर आज वैशाख २४ गतेबाट बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको १ लाख ३३ हजार ३०२ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरमध्ये ४ हजार ३० कित्ताको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ र बाँकी शेयरको ५३० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम २५० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र मोरङको कटहरीस्थित संस्थाको केन्द्रीय कार्यालय वा धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको काठमाडौंको बालुवाटारस्थित कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ ७ गते अपराह्न ३ बजेसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS