IME Life New

दुई बैंकको १ लाख २६ हजार बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई बैंकको १ लाख २६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

एनएमबि बैंक र कामना सेवा विकास बैंकको १ लाख २६ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा एनएमबि बैंकको ८६ हजार ७११ कित्ता शेयर र कामना सेवा विकास बैंकको ४० हजार कित्ता शेयर रहेका छन्।

Esewa
Crest

एनएमबि बैंकको शेयरमा अन्य व्यक्ति तथा संस्था र कामना सेवाको शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

एनएमबि बैंकको शेयरमा इच्छुक लगानीकर्ताले १५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा पेस गर्न सकिनेछ।

यसैगरी कामना सेवा विकास बैंकको शेयरमा वैशाख २३ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा सम्पूर्ण ४० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS