IME Life New

निजी अस्पताल बीमा नभएका १० लाख अस्ट्रेलियाली, बीमा लागतभन्दा बढी जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी अस्पताल बीमा नगरेका कारण यस वर्ष लगभग १० लाख अस्ट्रेलियालीले जरिवान तिर्नुपर्ने अनुमान गरिएको छ।

कम्प्यारिजन वेबसाइट फाइन्डरको नयाँ अनुसन्धानअनुसार मेडिकेयर लेभी सरचार्ज (एमएलएस) उच्च आय भएका व्यक्तिहरुमा लगाइएको कर जरिवाना हो। जसको निजी अस्पताल बीमा हुँदैन। अस्ट्रेलियाली कर कार्यालयको तथ्यांकले वित्त वर्ष २०२३।२४ मा ८ लाख ८५ हजार ८७ जनाले यस्तो जरिवाना तिरेको देखाउँछ। तर, वेज इन्फल्यासनले धेरै नागरिकलाई उच्च करको दायरामा ल्याउने भएकोले यो संख्या यस वर्ष लगभग १० लाख पुग्ने अनुमान गरिएको छ।

Esewa
Crest

वित्त वर्ष २०२५।२६ यो सरचार्ज १ लाख १ हजार अस्ट्रेलियन डलरभन्दा बढी कमाउने एकल व्यक्ति र २ लाख २ हजार अस्ट्रेलियन डलरभन्दा बढी कमाउने परिवारमा लागू हुन्छ। जरिवाना सीमाभन्दा माथिको भाग मात्र नभई व्यक्तिको कुल करयोग्य आयको १ प्रतिशत र १.५ प्रतिशतबीचमा गणना गरिन्छ।

सीमा गणनामा कुल करयोग्य आयका साथै स्वैच्छिक निवृत्तिभरण योगदान र सीमान्त लाभहरु समावेश छन्। त्यसकारण व्यक्तिको आधारभूत तलब सीमाभन्दा कम हुन सक्छ तर थप लाभहरुले अझै पनि सरचार्ज लाग्न सक्छ।

वित्तीय विश्लेषकहरुले संकेत गर्छन् कि यदि एकल कमाउने व्यक्तिले १ लख १ हजार अस्ट्रेलियन डलरको सीमा नाघेको छ भने जरिवानाको परिणामस्वरुप लगभग १ हजार अस्ट्रेलियन डलरको अतिरिक्त कर तिर्नुपर्ने हुनेछ।

यदि कुनै व्यक्तिले निजी स्वास्थ्य बीमा बिना २ लाख अस्ट्रेलियन डलर कमाउँछ भने सरचार्ज ३ हजार अस्ट्रेलियन डलर पुग्छ। स्वास्थ्य बीमा विशेषज्ञ सेयडा एरेमले भनिन्, ‘धेरै उपभोक्ताले कर कसरी गणना गरिन्छ भनेर बुझ्दैनन्। सरचार्जबाट प्रभावित अधिकांश मानिसका लागि आधारभूत निजी अस्पताल बीमाको वार्षिक लागत जरिवानाभन्दा कम छ।’–एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS