IME Life New

वर्षाको वितण्डाः यस्ता छन् मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकका ८ निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकले लगातारको वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट पीडित जनताको उद्धार तथा राहातका लागि विभिन्न ८ निर्णय गरेको छ।

पोस्टको आज बसेको बैठकले गरेको निर्णय यस्ता

Esewa
Crest
  • मिति २०८२ असोज १७ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा भारी मात्रामा परेको अविरल वर्षा र त्यसबाट घटेका घट्नाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाका मृतकहरुमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।
  • स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डबमोजिम तत्काल राहत उपलब्ध गराउन र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने।
  • अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिहरुको खोज, उद्धार, राहत तथा पुनस्र्थापना कार्यलाई निरन्तरता दिने।
  • विपदजन्य घटनाबाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित जनसंख्या तथा क्षेत्रको विवरण यथाशीघ्र संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने।
  • विपद प्रभावित व्यक्ति तथा परिवारलाई राहत, स्थानान्तरण तथा पुनस्र्थापना सम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायलाई अनुरोध गर्ने।
  • प्राधिकरणको मिति २०८२ असोज १८ गतेको सूचना बमोजिम विपजन्य घटनाको जोखिमको विश्लेषण गरी लामो दूरी र काठमाडौं भित्रिने वा बाहिरिने सवारी साधन सञ्चालनमा रोक लगाइएकोमा देहाय बमोजिम गर्नेः

(क) अवरुद्ध सडकहरुको मर्मत सम्भार गरी तत्काल सडक सूचारु गर्न सडक विभागलाई लेखी पठाउने।

(ख) अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालवाहक र यात्रुबाहक सवारी साधन तथा छोटो दूरीमा संचालन हुने सवारी साधनहरुको हकमा स्थानीय स्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सुचारु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने।

(ग) अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि जोखिमयुक्त राजमार्ग वा सडकमा रात्रीकालीन बस सेवा संचालन नगर्न वा नगराउन स्थानीय प्रशासनलाई निर्देशन दिने।

  • अवरुद्ध खानेपानी, विद्युत, संचार लगायतका अत्यावश्यक सेवाहरु संचालन गर्न क्रमशः खानेपानी सेवा प्रदायक संस्था, नेपाल दूरसंचार प्राधिकरण र नेपाल विद्युत प्राधिकरणले यथाशीघ्र आवश्यक कार्य गर्न लेखी पठाउने।
  • मनसुनजन्य विपद्का घटनाहरुको खोज, उद्धार, राहत तथा प्रतिकार्यको क्रममा खटिनु हुने जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय प्रशासन, स्वयंसेवक, जनसमुदाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र, सञ्चारकर्मीलगायत सम्वद्ध पक्षलाई धन्यवाद् दिने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS