काठमाडौं । मोदी इनर्जीले विद्युत विकास विभागबाट हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति पाएको छ।
विभागले फागुन २१ गते पत्र पठाउँदै कम्पनीलाई हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। विभागबाट कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ९० करोड रुपैयाँको १ः०.९००२९ अनुपातमा हकप्रद शेयर जारी गर्ने पूर्वस्वीकृति पाएको छ।
अब कम्पनीले अन्य नियमनकारी निकायहरुमा हकप्रद शेयर जारी गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनेछ।












